Wednesday, January 18, 2017

जनतालाई समय सापेक्ष सूचना उपलब्ध गराउनुपर्छ – उपराष्ट्रपति

काठमाडौँ, ५ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले सभ्य समाज निर्माणका लागि राज्यले जनतालाई समय सापेक्ष सूचना उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोगद्वारा आयोजित महत्वपुर्ण आदेश तथा फैसलाको सङग्रह सार्वजनिक कार्यक्रममा उहाँले नागरिकले सूचना प्राप्त गर्ने अधिकारलाई संरक्षण गर्नसकेमा भ्रटाचाररहित राष्ट्रको परिकल्पनाका लागि बलियो आधार तयार हुने विचार व्यक्त गर्नुभयो ।

सूचना भनेको राज्य र जनताको आँखा भएको विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “जनता सूचनाको पहुँचमा हुनसकेमा मुलुकमा हुनसक्ने नराम्रा घटनाको अन्त्य हुन्छ तर राज्यका संवेदनशील विषयलाई जनताले बुझ्नुपर्छ, जनताले त्यस्ता सूचना माग्नु हुँदैन ।”

व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले लोकतान्त्रिक मुलुकमा नागरिकलाई अधिकार सम्पन्न बनाउन सही समयमा सही सूचना उपलब्ध गराउनु राज्यको दायित्व भएको बताउँदै माथिल्लो तहबाट नै सूचना दिने तथा सार्वजनिक गर्ने प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना प्राप्त गर्ने नागरिकको मानवअधिकार भएकाले सार्वजनिक महत्वको सूचना लुकाउन नहुने बताउनुभयो । सूचना आयुक्त किरणकुमार पोखरेल र यशोदादेवी तिम्सिनाले कुनै पनि संस्थालाई पारदर्शी तथा नेतृत्वलाई जिम्मेवार बनाउन सूचनाको खाँचो औँल्याउनुभयो ।

राष्ट्रिय सूचना आयोगको वर्तमान नेतृत्वले अहिलेसम्म दुई हजार २२९ आदेश जारी गरेको ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts