Thursday, January 19, 2017

स्थानीयवासी र प्रहरीबीच झडप

हेटाँैडा, ६ माघ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा सडकखण्डको रापती सडकको दायाँबायाँ २५ मि सडक छुट्याउने क्रममा सर्वसाधारणको घर भत्काइँदा स्थानीयवासी र प्रहरीबीच आज अपराह्न झडप भएको छ ।

झडपमा ढुङ्गा प्रहार हुँदा प्रहरीतर्फ चार तथा सर्वसाधारणतर्फ पाँच–छ जना सामान्य घाइते भएको मकवानपुर उद्योग वाणिज्य सङ्घले जनाएको छ । प्रहरीले भिड नियन्त्रणमा लिने क्रममा चार पाँच राउन्ड अश्रु ग्यास प्रयोग गरिएको जिल्ला प्रहरी कर्यालयले जनाएको छ ।

त्रिभुवन राजपथको भँैसेदेखि हेटौँडा उपमहानगरपालिकाको रातमाटे प्रहरी चौकी र हेटौँडा बजारको दुवैतर्फ तथा रापती सडकका दुवैतर्फ २५–२५ मि सडक विस्तार गर्ने क्रममा केही दिनअघि क्षेत्रीय सडक कार्यालयले १५ दिने सूचना जारी गरी घर भत्काउन आग्रह गरे पनि स्थानीयवासी ३२ जनाले बुधबार सर्वोच्च अदालतबाट माघ १२ गतेसम्म घर नभत्काउनू भनी अन्तरिम आदेश ल्याएकामा सोको पर्वाह नगरी आज घर भत्काउन सुरु भएपछि झडप भएको थियो ।

झडपपछि स्थानीयवासी र प्रशासनबीच समझदारी कायम गरेर मात्रै बाटो विस्तारको काम अघि बढाइने सहमति भएको प्रजिअ नारायणप्रसाद शर्माले जानकारी दिनुभयो । बाटो विस्तारका क्रममा उक्त क्षेत्रमा करिब दुई हजार आठ सय ६४ घर भत्काइनुपर्ने जनाइएको छ । स्थानीयवासीले भने मुआब्जा दिएर मत्र घर भत्काउनुपर्ने माग गर्दै आइरहेका छन् । झडपपछि आज अपराह्न ३ बजेदेखि साँझसम्म हेटौँडा बजार पूर्ण रुपमा बन्द भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts