Thursday, January 19, 2017

कारागार र हिरासत कक्षको भौतिक अवस्था सुधार गर्न सुझाव

सिन्धुली, ६ माघ । राष्ट्रिय मानवाधिकार आयोगको टोलीले आज सिन्धुलीको कारागार तथा हिरासत कक्षको अवलोकन गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत दीपेन्द्र सिंहसहितको टोलीले जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत कक्ष र जिल्ला कारागार शाखा सिन्धुलीको अवस्थाका बारेमा स्थलगत अवलोकन गरेको हो ।

टोलीले कारागार तथा हिरासतको सुरक्षा, कैदी तथा बन्दीको अलग अलग बसोबासको अवस्था, कैदीको शिक्षा– सूचना– सीप विकास, कारागार तथा हिरासत कक्षको भौतिक अवस्था, स्वास्थ्योपचार र सरसफाइ, कैदीलाई गरिने व्यवहारलगायत पक्षका बारेमा स्थलगत अवलोकन गरेको आयोगका अधिकृत सिंहले जानकारी दिनुभयो ।

यसैबीच टोली तथा सरोकार भएका निकायबीच सिन्धुलीमाढी कारागार तथा हिरासत कक्षको अवस्था र कैदीबन्दीको मानवाधिकारको अवस्थाबारे भएको अन्तक्र्रियाका सहभागीले सिन्धुली कारागार तथा हिरासत कक्षको भौतिक अवस्था सुधार गर्नुपर्ने सुझाव दिँदै सिन्धुलीमा महिला कैदी न्यूनतम मानवाधिकार पनि नपाएर जीवन बिताइरहेको र अन्य कैदीले पनि मानवाधिकार के हो भनेर खोज्नुपर्ने अवस्थामा रहेको बताए ।

जिल्ला कारागार सिन्धुलीका प्रमुख मातृका पहाडीले सिन्धुलीमा ३५ जनाको क्षमताको कारागार भए तापनि अहिले एक सय पाँच कैदी राख्नुपर्ने बाध्यता भएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts