Monday, January 30, 2017

बजगाईंको ‘कवच’ बेलायतमा सार्वजनिक

लन्डन   बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंले आफ्नो तेस्रो लघुकथासङ्ग्रह कवच नोबेल पुरस्कार तथा ओस्कार अवार्ड विजेता प्रसिद्ध साहित्यकार जर्ज बर्नाड शको निवास श कर्नरमा आफैले सार्वजनिक गरे ।
बेलायतको एयोट सन्ट लरेन्समा अवस्थित निवासमा करिब पैतालिस वर्ष  बिताएका बर्नाड शको त्यहीँ निधन भएको थियो । उनको निवासलाई पुरातात्विक, ऐतिहासिक स्थल तथा स्मारकहरुको संचालन र संवर्धन गर्ने बेलायतको  नेशनल ट्रष्टले म्युजियमको रुपमा संचालन ल्याएको छ ।
लामो समयदेखि युरोपमा बस्दै आएका बजगाईंको यस अघि कथा, लघुकथा, नियात्रा आदि गरी सात कृति प्रकाशित भईसकेका छन् । विगत एघार वर्षदेखि उनले लोकप्रिय साहित्यिक अनलाईन समकालीन साहित्य डट कमको सम्पादन तथा प्रकाशन गर्दै आएका छन् ।
विवेक सिर्जनशिल प्रकाशन, काठमाण्डौंले प्रकाशन गरेको कवच लघुकथासङ्ग्रहमा डायोस्पोरिक जीवन, समसामयिक घटना, धर्म, राजनीति, प्रेम, यौन, शोषण, भ्रष्टाचार, बिसंगती आदि विषयवस्तुका तिख्खर  लघुकथाहरु छन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts