Friday, January 20, 2017

दुर्घटनामा चालकको मृत्यु

मलेखु (धादिङ), ७ माघ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको जोगिमारा गाविस–१ हुग्दी खोलामा आज ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ ।

चितवनबाट काठमाडाँैतर्फ आउँदै गरेको बा ६ ख ७३७० नं को ट्रक त्रिशूली नदीमा खस्दा मकवानपुर जिल्ला मदनपोखरीका ३० वर्षीय चालक विवेक थिङको मत्यु भएको प्रहरीले जनाएको छ । चालकको उपचारका लागि अस्पताल लाँदै गर्दा मृत्यु भएको थियो ।

सोही गाडीका सहचालक १६ वर्षीय रोजन तितुन घाइते भएकाले राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts