Friday, January 20, 2017

कान्ति अस्पतालमा मानसिक स्वास्थ्य भवन बन्ने

काठमाडौँ, ७ माघ । नेपालको एक मात्र बाल अस्पताल कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य भवन बन्ने भएको छ ।

स्वाथ्यमन्त्री गगनकुमार थापाले रु चार करोड लागतमा निर्माण गरिने सो भवन अस्पताललाई ‘सेन्टर अफ एक्सिलेन्स’ बनाउने योजनाअन्तर्गत बनाउन लागेको जानकारी दिनुभयो ।

नर्वेको फिर्विट फाउन्डेसनको आर्थिक सहयोग र सिविन नेपालको संयोजनमा उक्त भवन निर्माण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्री थापाले केही दिनमा नै भवन निर्माणको सम्झौतापत्रमा हस्ताक्षर हुने बताउनुभयो ।

गत वर्षदेखि कान्तिमा बालमनोरोगको उपचारका लागि छुट्टै विभाग सञ्चालन हँुदै आएको छ । विभागका प्रमुख बालमनोरोग विशेषज्ञ डा अरुण कँुवरले क्लिनिकमा विशेषगरी बच्चाको उमेर बढ्दै जाँदा उमेरअनुसार शारीरिक, मानसिक विकास नहुने, आवश्यकताभन्दा बढी चकचक गर्ने, सुस्त मनस्थिति भएका, बौद्धिक अपाङ्गता भएका बालबालिका आउने गरेको बताउनुभयो ।

देशका विभिन्न स्थानबाट आउने बालबालिका उपचारको अभावमा अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गर्न भवन बनेपछि सहयोग पुग्ने बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts