काठमाडौँ, १० माघ । नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा स्व. गजेन्द्रनारायण सिंहको १५ औँ स्मृति दिवसका अवसरमा नेपाल सद्भावना पार्टीले यहाँ आज एक कार्यक्रमको आयोजना गरियो ।
सो अवसरमा पार्टी अध्यक्ष अनिलकुमार झाले नेपालको लोकतान्त्रिक आन्दोलनमा स्व गजेन्द्रनारायण सिंहको ठूलो योगदान रहेको बताउँदै “गजेन्द्रनारायण सिंहले पहिचानका लागि पु¥याउनुभएको योगदान महत्वपूर्ण छ भन्नुभयो ।”
संविधान संशोधन गरेर मुलुकलाई आर्थिक रुपमा अगाडि बढाउनु नै अहिलेको मुख्य आवश्यकता रहेकोमा उहाँले जोड दिनुभयो ।
सांसद डिम्पलकुमारी झाले अहिले तराईमा देखिएका समस्यालाई सम्बोधन गरेमात्र स्व सिंहप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो । सो पार्टीले आज विभिन्न जिल्लामा सिंहको सम्झनामा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरेको थियो । रासस
No comments:
Post a Comment