Saturday, January 21, 2017

दिउँसै लुट

महेन्द्रनगर (धनुषा), ८ माघ । जनकपुरको व्यस्त बजार मिल्स एरिया चोकबाट आज अपराह्न हजारौँ रुपैयाँ लुटपाट गरिएको छ ।

धनुषाको सतोषरस्थित श्रमजीवी सहकारी संस्थाका कर्मचारीबाट मिल्स एरियाको आइएमइबाट रु ९४ हजार लुटिएको प्रहरीले जनाएको छ । एभरेष्ट बैंक तल रहेको आइएमइबाट पैसा झिकेका सतोषरका हरिशङ्कर यादवको जिउमा फोहर पदार्थ छ्यापेर लुटेरा रकम लिएर फरार भएको बताइएको छ ।

यादवका जिउमा फोहर लागेछ भनेर एक जनाले भनेपछि छेउको ट्युबवेलमा धुन गएका बेला नगदसहित झोला लिएर लुटेरा फरार भएको धनुषाका प्रहरी उपरीक्षक लीलामणि आचार्यले जानकारी दिनुभयो । लुटेराको खोजतलास भइरहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts