काठमाडौँ, ७ माघ । प्रगतिशील लेखक सङ्घको परिसंवाद कार्यक्रमको दोस्रो शृङ्खलामा आज वरिष्ठ साहित्यकार हृदयचन्द्रसिंह प्रधानको कृतित्व र व्यक्तित्वबारे विचार–विमर्श गरियो ।
कवि तथा समीक्षक श्यामलले प्रधानका कृति प्रगतिशील साहित्यको जग बसाउन अग्रणी मानिएको भन्दै छ दसकअघि नै हाल चर्चामा रहेका सामाजिक अन्तरघुलन, सांस्कृतिक रुपान्तरण र श्रमको सम्मानजस्ता विषय उहाँका पात्रमार्फत व्यक्त भएको बताउनुभयो ।
सङ्घका अध्यक्ष मातृका पोखरेलले हृदयचन्द्रसिंहबारे आजको पुस्ताले थप अध्ययन गर्नुपर्र्ने बताउनुभयो । महासचिव आरआर डङ्गोलले प्रधानका रचनामा अन्तरजातीय चेतनासमेत उत्तिकै प्रगाढ पाइने बताउनुभयो ।
परिसंवाद शृङ्खलाका संयोजक तथा संस्थाका उपाध्यक्ष डा पुष्करराज भट्टले हरेक महिनाको पहिलो शुक्रबार परिसंवाद आयोजना गरिने जानकारी दिनुभयो । रासस
Friday, January 20, 2017
हृदयचन्द्र सिंहबारे प्रलेसमा विमर्श
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment