अटो मोबाइल क्षेत्रमा लामो सयम व्यतीत गरेका गोविन्द भट्टराईको व्यंग्य कृति ‘व्याक गियर’ राजधानी काठमाडौँमा विमोचन गरिएको छ । झण्डै छ दर्जन व्यंग्य रहेको यस कृतिको विमोचन नेकपा एमालेका सचिव योगेश भट्टराई, कलाकार दिनेश डिसीलगायतले गरेका हुन् ।
पुस्तकमा कविता, कथा, निवन्ध, संवादका रुपमा नेपालको सडक सुरक्षामाथि तीब्र व्यंग्य गरिएको लेखक भट्टराईले जानकारी दिएका छन् । उनी भन्छन्, ‘नेपालको अस्तव्यस्त सडक र गैरजिम्मेवारीपूर्ण सुरक्षा व्यवस्था, जुन मलगायत धेरैले भोगेका, देखेका छौँ, त्यसैलाई यस पुस्तकमा प्रस्तुत गरेको छु ।’ एमाले सचिव भट्टराईले सो पुस्तकले नेपालका सडक प्रयोगकर्ता, सडक क्षेत्रका निका र व्यक्ति तथा नीति निर्मातासमेतलाई तीखो व्यंग्य गरेको बताए । प्रमुख अतिथिका रुपमा आमन्त्रित पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले आफू सडक सुरक्षापीडित भएको उल्लेख गर्दै सडक सुरक्षाको विषयलाई यसरी नै साहित्य, कलाको माध्यमले चेतना जागृत गराउनु आवश्यक रहेको बताए । नेपाल अटोमोबाइल स्पोर्ट्स एसोशिएसन (नासा)ले प्रकाशन गरेको पुस्तकको मूल्य २५० रुपैयाँ छ ।
Sunday, January 22, 2017
गोबिन्द भट्टराईको सडक सुरक्षामाथि व्यंग्य व्याक गियर
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
भोजपुर, १५ असार । भोजपुरको पश्चिमी गाविस सिद्धेश्वर–४ डाँडागाउँमा जङ्गली च्याउ खाएर मङ्गलबार एकै परिवारका पाँचजना बिरामी परेका छन् । बिरामी ...
No comments:
Post a Comment