Monday, January 23, 2017

फरार दुई पक्राउ

धनगढी, १० माघ । चोरी र वन मुद्दामा कैद तथा जरिवानाको सजाय पाई फरार रहेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

चोरी मुद्दामा फरार अत्तरिया नगरपालिका–१२का जगुराम चौधरी र वन मुद्दामा फरार साबिक फुलबारी गाविसका अन्तराम डगौरालाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले आज जनाएको छ ।

तेह्र दिन कैद र रु ३६ हजार जरिवानाको सजाय पाएर फरार चौधरी र वन मुद्दामा एक महिना कैद र रु ६८ हजार आठ सय ८५ जरिवानाको सजाय पाई फरार डगौरालाई पक्राउ गरी तोकिएको कैद भुक्तानका लागि आजै कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts