दाङ, ९ माघ । जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले व्यवस्थापिका–संसद्मा दर्ता गरिएको संशोधन प्रस्ताव पारित हुने दाबी गर्नुभएको छ ।
नेपाल प्रेस युनियन दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री जोशीले सरकारमा आबद्ध पार्टीका सांसदले मात्र नभई विपक्षी सांसदले पनि संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो । संविधान संशोधन भएलगतै निर्वाचनका मिति घोषणा हुने जानकारीसमेत उहाँले दिनुभयो ।
फरक प्रसङ्गमा उहाँले सरकार वैकल्पिक ऊर्जा, लघु जलविद्युत्लगायतको माध्यमबाट मुलुकलाई विद्युत्भार कटौतीमुक्त बनाउने अभियानमा लागेको बताउनुभयो ।
जनसङ्ख्या तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले सिमरतु खोलाबाट निर्माण गर्न लागिएकोे बिजुलीबाट त्यस आसपासका चार गाविसका एक हजार ३८६ घरधुरी लाभान्वित हुने बताउनुभयो । रु आठ करोड ७१ लाखको लगानीबाट निर्माण हुने सो आयोजनाबाट २०० किलोवाट विद्युत् उत्पादन हुने उहाँले बताउनुभयो । उक्त आयोजना डेढ वर्षभित्र निर्माण सम्पन्न हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले कन्द्रीय प्रशारण पुग्न नसकेका ग्रामीण वस्तीमा नवीकरणीय ऊर्जाबाट विद्युत् सुविधा पु¥याउन सरकारले अनुदानको व्यवस्था गरेको जानकबारी गराउनुभयो । रासस
No comments:
Post a Comment