भक्तपुर, ७ माघ । सूर्यविनायक नगरपालिका पलासेबाट पाखा गाउँ जाँदै गरेको बा ५ च ७७४४ नम्बरको स्कुल बस आज दुर्घटना हुँदा सात विद्यार्थी घाइते भएका छन् ।
साँगाको फेमस इङ्लिस सेकेन्डरी स्कुलको विद्यार्थी बोकेर जाँदै गरेको बस सडकबाट ३२ फिट तल खेतमा खसेर दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी परिसरका हवल्दार दीपेन्द्र शाहीले जानकारी दिनुभयो ।
घाइते हुने विद्यार्थीमा वर्ष ८ कि कृसिना परियार, वर्ष ५ का युनिक परियार, वर्ष ८ को कबिर केसी, वर्ष ४ कि ऋषिका परियार, वर्ष ५ को पत्सर परियार, वर्ष ८ को पित्सिला परियार र वर्ष ६ को सुप्रिया खत्री घाइते भएका छन् ।
घाइतेमध्ये छ जनाको भक्तपुर अस्पतालमा र एक जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको शाहीले जानकारी दिनुभयो । रासस
Friday, January 20, 2017
स्कुल बस दुर्घटनामा सात विद्यार्थी घाइते
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment