काठमाडौं । बुद्ध समाज सेवा केन्द्रको आयोजनामा भइरहेको बज्र गुरु मन्त्र (१० करोड मन्त्र) जप तथा विश्व शान्ति पूजा समापन भएको छ ।
८ गतेबाट सुरु भएको पूजा आइतवार समापन भएको हो । मन्त्र भने १९ करोड भन्दा बढी जपिएको छ । १० करोड भन्दा बढी जती धेरै मन्त्र जप भयो त्यती नै राम्रो मानिन्छ ।
छोक्याप छ्योपा प्रसाद अर्पण गरिनुका साथै प्रमुख गुरुलाई मण्डल कुसुम तथा अन्य धर्मगुरुलाई कुइक्याप वितरण पछि पूजा समापन भएकोआयोजक संस्थाका सदस्य मिङग्यूर शेर्पाले जानकारी दिए ।
पूजाको नेतृत्व हिमाञ्चल प्रदेशका तेस्रो अवतारी लामा गुरु श्यरटुल रिम्पोछेले गरेका थिए । रिम्पोछेले जगतका जीवित सबै प्राणीको शुख, शान्ति तथा दिर्घायुको कामना गर्दै पूण्यदान गरेपछि पूजा समापन भएको हो ।
पूजा समापनसँगै सेवा केन्द्रले बौद्ध परिसरमै सञ्चालन गर्दै आएको निशुल्क स्वास्थ्य शिविर पनि सम्पन्न भएको छ । शिविरमा १४ सय बढीले निशुल्क स्वास्थ्य परिक्षण गरेका थिए ।
आयोजकले पूजामा सहभागी सबैलाई धन्यबाद व्यक्त गरेको छ । छेवाङ (दीर्गायुको अभिषेक) सहित पूजामा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुराउने सबैलाई प्रशंसा पत्र सहित विशेष सम्मान समेत गरिने आयोजकले जनाएको छ ।
No comments:
Post a Comment