Sunday, January 1, 2017

नेपाल पर्यटन पत्रकार सङ्घ बाँकेको अध्यक्षमा केसी

बाँके, १८ पुस । नेपाल पर्यटन पत्रकार सङ्घ, बाँकेको अध्यक्षमा अमृता केसी चयन हुनुभएको छ ।

बाँकेमा क्रियाशील पत्रकारको एक भेलाले आइतबार सात सदस्यीय तदर्थ समिति गठन गरेको हो । नेपाल पत्रकार महासङ्घ बाँकेको महिला विभाग प्रमुख समेत रहनुभएका केसीको अध्यक्षतामा गठन गरिएको सङ्घको उपाध्यक्षमा कृष्ण ओली, सचिवमा मधु पौडेल र कोषाध्यक्षमा निर्मल आचार्य रहनुभएको छ ।

यस्तै सदस्यमा विमला चौधरी, केशव राना र रुवी साई चयन हुनुभएको छ । भेलाले नेपालगन्ज उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घ नेपालगन्ज र पत्रकार महासङ्घ बाँकेलाई संस्थागत सल्लाहकारका रुपमा चयन गरेको छ ।

नवगठित सङ्घका अध्यक्ष केसीले बाँके जिल्लाको पर्यटन प्रवद्र्धनका लागि सञ्चार पैरवी गर्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts