Thursday, January 19, 2017

राष्ट्रवादी शक्तिबीच एकताको खाँचोमा जोड

काठमाडौँ, ६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले देश र जनताको स्वाधीनताका लागि अहिले राष्ट्रवादी शक्तिबीच एकताको खाँचो रहेको बताउनुभएको छ ।

पार्टीद्वारा यहाँ आज आयोजित वडास्तरीय अधिवेशन तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले राष्ट्रिय विषयमा सबै दलको साझा धारणा हुनुपर्छ, दलीय स्वार्थभन्दा माथि उठ्नुपर्छ भन्नुभयो । सांसद कान्ता भट्टराईले देशलाई हिन्दू राष्ट्र कायम गराउन विभिन्न अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद सीता ज्ञवालीले पार्टीको आसन्न महाधिवेशन सफल बनाउन नेता तथा कार्यकर्ताले प्राप्त गरेको जिम्मेवारीलाई निष्ठापूर्वक पूरा गर्नुपर्ने बताउनुभयो । यसैबीच पार्टीका नेता–कार्यकर्ता भेलाले १९ वडामा गोविन्दा श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts