दाङ, १२ फागुन । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले चुनावको वातावरण बनाउन सहयोग गर्न सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ दाङको २४ औ साधारण सभा तथा १० औ अधिवेसनको आज यहाँ उद्घाटन गर्दै उहाँले लामो समयपछि स्थानीयतहको निर्वाचन हुन थालेकाले त्यसका लागि वातावरण बनाउन पत्रकारहरूलाई आग्रह गर्नुभयो ।
अर्थमन्त्री महराले लामो समयदेखि स्थानीयतहको निर्वाचन हुन नसक्दा जनताले आफ्नो जनप्रतिनिधि पाउन नसकेको बताउँदै भन्नुभयो, “निर्वाचनको वातावरण बनाउने तपाईहरूको दायित्व र कर्तव्य हो । संविधान कार्यान्वयनका लागि पनि चुनाव अपरिहार्य छ ।”
मन्त्री महराले अहिले मधेसवादी दलले गरेको निर्वाचनको विरोधको कुनै अर्थ नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले भएको निर्वाचनको विरोधको कुनै दम छैन, केहीदिनमा नै यस प्रकारको आन्दोलनको अन्त्य हुने छ” । रासस
No related posts.
No comments:
Post a Comment