काठमाडौँ, १२ फागुन । व्यवस्थापिका–संसद्को आजको बैठकमा उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति भीष्मराज आङ्देम्बेले ‘कम्पनी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७३ पेस गर्नुभएको छ ।
यसैगरी विधायन समितिका सभापति गङ्गा चौधरी सत्गौवा ले ‘विधायन समितिको वार्षिक प्रतिवेदन, २०७२÷७३’ पेस गर्नुभयो । त्यस्तै महाअभियोग सिफारिस समितिका ज्येष्ठ सदस्य कुमारी लक्ष्मी राईले ‘अख्तियार दुरुपयोग अनुसनधान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा पेस भएको महाअभियोगको प्रस्तावसम्बन्धी छानबिन समितिको प्रतिवेदन, २०७३ पेस गर्नुभयो । रासस
No related posts.
No comments:
Post a Comment