Sunday, March 26, 2017

आगलागीबाट चार घर नष्ट

हुम्ला, १३ चैत । जिल्लाको दक्षिणी भेगमा रहेको तागाकोट गाउँपालिका मदनाको गल्वाडामा शनिबार आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् ।

स्थानीय रामप्रसाद जैंसी, मोहनप्रसाद जैंसी, रामदल जैंसीको घर जलेर नष्ट भएको छ । खाना पकाउने क्रममा आगलागी भएको हो । प्रहरी चौकी कवाडीको टोली आइतबार बिहान घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक कमलप्रसाद नेपालले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts