Sunday, March 26, 2017

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, १३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि भारतका आवासीय राजदूत मञ्जिभसिंह पुरी र दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत रविना प्याट्रिसिया मार्कस्ले राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित विशेष समारोहमा आ–आफ्ना ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।

त्यसअवसरमा प्रधानसेनापति राजेन्द्रबहादुर क्षत्री, निमित्त परराष्ट्र सचिव मणिप्रसाद भट्टराई तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

भारतका राजदूत सिंह आफ्नो कार्यभार सम्हाल्न शनिबार राजधानी आउनुभएको हो । राजदूत माकर्स् श्रीलङ्काका लागि दक्षिण अफ्रिकी कूटनीतिक हुनुहुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts