त्रिशूली(नुवाकोट), १० चैत । भूकम्पपछि पाल त्रिपालमा प्रहरी चौकी सञ्चालन हुँदै आएको कुमरीमा अब सुविधासम्पन्न भवन निर्माण हुने भएको छ ।
बेलकोटगढी नगरपालिका–२ कुमरीमा निर्माण हुन थालेको प्रहरी चौकी भवनको आज जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहोराले शिलान्यासका क्रममा नयाँ भवन निर्माण भएपछि सेवा प्रवाहमा सहजता आउने बताउँदै शान्ति सुरक्षा कायम गराउन प्रहरी र स्थानीय नागरिकको सहकार्यको खाँचो औँल्याउनुभयो ।
चौकी भूकम्पअघि व्यक्तिका घरमा भाडामा बस्दै आएको थियो । राष्ट्रिय भ्ुकम्प पुनःनिर्माण प्राधिकरणको रु एक करोड ४० लाख ८० हजारको लागतमा भवन निर्माण गरिन लागेको हो । नयाँ भवन दुईतले आठकोठे हुनेछ । जिल्लाको कोल्टे परेको स्थानका रुपमा चिनिने कुमरी, चाउथे क्षेत्रमा सो प्रहरी कार्यालयबाट सेवा प्रवाह हुँदै आएको छ । रासस
Thursday, March 23, 2017
प्रहरी चौकीको भवन शिलान्यास
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment