काठमाडौँ, ३० चैत । ओम अस्पताल एन्ड रिसर्च सेन्टर चाबहिलले सन्ध्याकालीन ओपिडी सेवा सुरु गर्ने भएको छ ।
आगामी वैशाख २ गतेदेखि विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिको स्वास्थ्य सेवालाई ध्यानमा राखी सो सेवा सुरु गर्न लागिएको अस्पतालका अध्यक्ष उद्धव पौडेलले जानकारी दिनुभयो ।
अस्पतालले आज पत्रकार सम्मेलन गरी सन्ध्याकालीन ओपिडी सेवामा जनरल मेडिसिन, हाडजोर्नी, मुटुरोग, स्त्रीरोग, बालरोगलगायत सेवा प्रदान गर्न लागेको जनाएको छ ।
सन्ध्याकालीन सेवा लिने सेवाग्राहीले अग्रिमरुपमा टिकट लिनुपर्ने छ । सो सेवा बेलुका ५ बजेदेखि ८ बजेसम्म चल्ने अस्पतालले जनाएको छ । अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले सेवाग्राहीको मागअनुसार सन्ध्याकालीन ओपिडी सेवामा क्रमशः अन्य सेवा पनि विस्तार गरिँदै लैजाने बताउनुभयो । रासस
No related posts.
No comments:
Post a Comment