दुबई । नेपाली समाज युएई नया कार्यकालका लागी महाअधिबेसन को मिति तय गर्दै सुक्रबार २८ अप्रीलका दिन बरदुबई मा पर्साद भेला सम्पन्न गरेको छ ।
भेलाको अवसर पारेर समाजले दुबईमा भएको १३ औ राष्ट्रिय कराते च्याम्पियनसीपका विजय खेलाडीलाई सम्मान गरेको छ । बैदेशिक रोजगारीमा रहेर पनि नेपाललाई चिनाउन राष्टको झण्डा छातीमा बोकेर खेल्ने विजय खेलाडीलाई सम्मान गर्न पाउनु अतन्तै खुसी लागेको यसमा नेपाली समाज युएइ ले गर्भ गरेको समाजका महासचिब तथा कार्यक्रम संचालक मणी भुर्तेल ले जनाएका थिए ।
सम्मानीत हुने खेलाडीमा मिलन बुढा मगर, किञ्जला श्रेष्ठ, उत्तम गुरुङ्ग,कुमार भुषाल, पुष्पा न्यौपाने र विजय तामाङ्ग रहेका थिए । टोली नेता पबीत्र भण्डारी, प्रेम श्रेष्ठ यसैगरी, प्रशिक्षक रबि शाही, रेफ्रि बिशाल पुन मगर,टिम अफीसियल, परशुराम घिमिरे,भानुभक्त पौडेल, पूर्ण भक्त लामा र हिरालाल श्रेष्ठ रहेका थिए ।
पर्साद उपेन्द्र राना मगर को सभापतित्वमा सम्पन्न कार्यक्रमको भेलामा सुरज भित्रीकोटि ले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रमका अतिथि तथा समाजका अध्यक्ष अतिथि चन्द प्रकास साप्कोटा ले कल्याणकारी कोष संचालनका निम्ति परिमार्जनका लागि बिधि विधानमा उठेका उचित सुझाबलाई समाबेस गरिने बताए। समाजलाई दर्ता गर्न गाह्रो नहुने तर युएइमा सक्रिय सस्थाहरुले खासै चासो नदिएको उनको भनाइ थियो। प्रबासमा रहेका सबै संघ सस्था तथा राजनीति पार्टिका सस्थाहारु युएइमा सामाजिक कामको निम्ति अग्रसर रहेका हुदै सबैसंग हातेमालो गर्न नेपाली समाज तयार रहेको उनको भनाई थियो।
सामाजिक संजालमा लगाइएको आरोपको खण्डन गर्दै आफुले कसैलाई दुबई ल्याएर अलपत्र नपारेको र यस्तो आफ्नो पेसा नभएको जनाउदै ब्याक्तिगत आछेप लगाइएको दाबी गर्दै आफुले नेपालीलाई सहयोग गर्ने तर अन्याय नगर्ने प्रतिबद्दता व्यक्त गर्दै छिटै पत्रकार सम्मेलन गर्ने जनाएका छन । आफ्नो कारणबाट पवित्र नेपाली समाज को नाम बदनाम नहोस भन्दै पार्सद अध्यक्ष उपेन्द्र राना मगर ले पदबाट राजीनामको घोषणा समेत गरेका छन।
भेलाले नया कार्यकालका लागी जुलाई ७ तारिक महाअधिबेसन को मिति तय गर्दै गोबिन्द ढकाल को संयोजकमा पत्रकार महासंघ र संघ सस्थाबाट प्रतिनिधि रहने गरी निर्बाचन समिति गठन गरेको छ।
Saturday, April 29, 2017
नेपाली समाज युएइ को महाअधिबेसन हुदै : खेलाडीलाई सम्मान गर्दै पार्सद भेला सम्पन्न
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष भुपराज बस्याल नेपाली सोसियल कल्बका अध्यक्ष सालीक सुबेदि,एनआरएन आईसीसी प्रतिनिधिहरु गोपाल कडेल, एनआरएन युएइ का महासचिब दिपक खड्का, बिभिन्न मिडियामा आबद्ध पत्रकारहरु,नेपाली समाजमा आबद्ध सस्थाका प्रतिनिधीहरु तथा युएइमा सक्रिय रहदै आएका समाज सेबिहरुको उपस्थित रहेको थियो।
निमकान्त पाण्डे
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment