काठमाडौं, ३० बैशाख । पूर्व प्रमुख कार्यवाहक निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ्ले मतदाता परिचयपत्र वितरणमा केही समस्याहरु देखा परेको गुनासो पोखे ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘निर्वाचन आयोगले यो छोटो समयमा पनि निकै चुस्त, दुरुस्त र राम्रो तयारी गरेको छ, तर मतदाता परिचयपत्रमा सामान्य त्रुटिहरु देखा परेका छन्, यसमा पनि आयोगले वैकल्पिक व्यवस्था गरिसकेको छ, यो अत्यन्तै सकारात्मक कुरा हो।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले मतदाता नामावालीमा नाम भएका तर परिचयपत्र नभएकाहरुलाई आयोगले सरकारी परिचयपत्रका आधारमा मत हाल्ने व्यवस्था मिलाउनु सकारात्मक र स्वागतयोग्य निर्णय भएको स्पष्ट पारे । त्यस्तै उनले मतदाता शिक्षा कार्यक्रमलाई पनि भनेजस्तोगरि प्रभावकारी रुपमा अघि बढाउन नसकेको गुनासो पोखे ।
उनले भने,‘थोरै कम समयमा पनि काम त भएको हो, तर मतपत्र ठूलो भयो, यसमा अलिकति समस्या देखिएको छ।’ गुरुङ्ले वदर मत घटाउन र मतदानमा उल्लेखनीय सहभागिता बनाउनको लागि मतदाता शिक्षा आवश्यक हुने अनुभव सुनाए । मतदाता नामावालीमा नाम भएकाहरुलाई मतदानबाट बञ्चित गराउनु महापाप हुने समेत उनको चिन्ता थियो ।
त्यस्तै उनले केन्द्रले मतदाताहरुलाई सम्पूर्ण सुुरक्षाको बन्दोबस्ती मिलाएको भनेपनि कार्यान्वयन तहसम्म पनि यसलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्नेतिर गृहप्रशासनले ध्यान दिनुपर्ने सुझाव दिए ।
उनले भने,‘सुरक्षामा व्यापक ध्यान दिनुपर्छ, केन्द्रले भनेजस्तो कार्यान्वयन गर्न सजिलो हुँदैन, त्यसैले फिल्डमा खटिने कर्मचारीले पनि माथिको निर्देशन कडा रुपमा कार्यान्वयन गर्नुपर्छ।’ उनले विगतका निर्वाचनमा बुथ कब्जा समेत भएका घट्नाहरु आफूले नै प्रत्यक्ष अनुभव गरेको उल्लेख गर्दै यस्ता घट्नाहरु हुन नदिनको लागि गृह प्रशासन अत्यन्तै चनाखो बन्नुपर्ने बताए ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भैसकेको जानकारी दिँदै यसलाई सफल र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नको लागि मन्त्रालयबाट गर्नुपर्ने कामहरु समयमै भएको समेत जानकारी दिए ।
निर्वाचनलाई स्वच्छ, भयरहित वातावरणमा सम्पन्न गराउनको लागि सबै सचेत नागरिक, मिडियाकर्मीहरुको पनि उल्लेखनीय भूमिका हुने भएकोले त्यतातिर ध्यान दिन आग्रह गरे । मन्त्रालयले ७४४ वटै युनिटहरुमा निर्वाचन सहजीकरण डेस्क खडा गरेर काम गरिरहेको समेत जानकारी दिए । उनले भने,‘स्थानीय तह पूर्नसंरचना गर्दादेखि नै सरकारले सबै स्थानहरुमा निर्वाचन सहजीकरण डेस्क बनाएर कर्मचारीहरु खटाईरहेको छ।’
दुई दशक लामो समयपछि स्थानीय सरकार बन्न गैरहेकोले स्थानीय स्वायक्त ऐन छिटोभन्दा छिटो लागु गर्न मन्त्रालय तयारी अवस्थामा रहेको समेत उनले जानकारी दिए ।
निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले निर्वाचन आयोगले नामावलीमा नाम भएका तर मतदाता परिचयपत्रमा समस्या भएकाहरुलाई पनि सरकारी परिचयपत्र नागरिकता, सवारी चालक अनुमतिपत्र र ०७० को संविधानसभाको परिचयपत्रको आधारमा भोट हाल्ने व्यवस्था मिलाईसकेको स्पष्ट पारे ।
शर्माले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकोले यो महाअभियानमा सरिक हुन सम्पूर्ण मतदाताहरुलाई आग्रह समेत गरे । उनले आयोगले सम्पूर्ण व्यवस्था गरिसकेको समेत जानकारी दिए । उनले भने,‘अब ढुक्क भएर मत हाल्नुहोस्, यो महाअभियानलाई सफल बनाउनुहोस् ।’
उनका अनुसार मतदाता नामावलीमा नाम भएको तर, परिचयपत्रमा नाम फरक परेको, फोटो अर्काको परेको, छाप्न छुटेकाहरुले यो सुविधा लिन सक्ने छन् । तर, त्यस्तो सुविधा लिन चाहने व्यक्तिको मतदाता नामावलीमा नाम अनिवार्य रुपमा हुनु पर्नेछ ।
आयोगले बिहीबारदेखि मतदाता परिचयपत्र वितरण थालेको थियो । तीन दिनमा लगभग सबै परिचयपत्र वितरण भइसकेको समेत जानकारी दिएको छ ।
Saturday, May 13, 2017
मतदाता नामावलीमा नाम भएकाहरुलाई भोट हाल्नबाट बञ्चित गराईए महापाप हुन्छ : गुरुङ् निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो, ढुक्क भएर मत हाल्नुहोस् : प्रवक्ता शर्मा
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment