Tuesday, May 30, 2017

सुदूरपश्चिम सेवा समाज यूएईका अध्यक्ष चेतन थापाको सम्मान सहित बिदाई

 सुदूरपश्चिम सेवा समाज यूएईले २६ मे २०१७ शुक्रबारका दिन युएईको बरदुबई स्थित सन एण्ड मुन ट्राभलमा बिशेष कार्यक्रम आयोजना गरेर समाजका संस्थापक बरिष्ठ उपाध्यक्ष र बर्तमान अध्यक्ष चेत बहादुर थापा ‘चेतन’लाई सम्मानका साथ बिदाई गरेको छ ।
समाजका केन्द्रिय निबर्तमान अध्यक्ष चेत बहादुर थापा ‘चेतन’को अध्यक्षतामा सम्पन्न भएको उक्त बिदाई तथा सम्मान कार्यक्रमका बिशेष अतिथीहरुमा अन्तराष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजका उपसंयोजक लोकेन्द्र बहादुर बम, समाजका संस्थापक अध्यक्ष तथा बर्तमान सल्लाहाकार शिवराज जैशी, अन्तराष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाज आर्थिक बिभाग प्रमुख धर्मराज पाण्डे, सल्लाहाकार दिलु नगारी रहेका थिए । भने अन्य अतिथीहरुमा देब कुवर, दिनेश महरा, त्रिलोक चन्द, कृष्णानन्द जोशी, पदम बिष्ट, सि.एन. ठकुरी  लगायत रहेका थिए ।
उक्त बिदाई तथा सम्मान कार्यक्रममा बिशेष अतिथी लगायत अतिथीहरुले आफ्नो शुभकामना मन्तब्य राख्दै चेत बहादुर थापा ‘चेतन’ले समाजका लागि खेलेको भुमिकाको खुलेर प्रशंसा गरेका थिए । सोही अबसरमा थापालाई सम्मान पत्र सहित दोसल्ला र खादा ओडाएर भब्यताका सम्मान गरिएको थियो । युएईको बसाईमा समाज प्रति चेत बहादुर थापा ‘चेतन’ले जुन भुमिका निभाएका थिए आगामि दिनहरुमा पनि उत्तिकै अग्रसर भएर काम गर्ने प्रेरणा मिलोस् र थापाको नेपाल बसाई सुखमय रहोस् भनि सबैले शुभकामना दिएका थिए ।
बिगत लामो समय देखी यूएईमा कार्यरत चेत बहादुर थापा ‘चेतन’ले उक्त बिदाई तथा सम्मान कार्यक्रममा बोल्दै आफुले सबैको साथ र सहयोगले संस्थामा काम गर्ने अबसर पाएको र काम गर्ने कर्ममा सहयोग गर्ने सम्पूर्ण पर्ती आभार प्रकट गर्दै आफ्नो जन्मभुमी फर्किए पनि आफुले समाजलाई निरन्तर सकिदो सहयोग गरी रहने बताए ।
सोही बिदाई तथा सम्मान कार्यक्रममा सुदूरपश्चिम सेवा समाज यूएईका बरिष्ठ उपाध्यक्ष जयराज जोशीले अध्यक्षको जिम्मेबारी पाएका छन् । भने अबुधाबी क्षेत्रीय समितिका अध्यक्ष देब कुवरलाई सुदूरपश्चिम सेवा समाज यूएईको केन्द्रिय उपाध्यक्षमा मनोनियत गरिएको छ ।
सुदूरपश्चिम बासीहरुको बाक्लो उपस्थिती रहेको उक्त बिदाई तथा सम्मान कार्यक्रमको संचालन संस्थाका महासचिब मान बहादुर के.सी. ‘मुस्कान’ले आफ्नै अन्दाजमा देउडाका टुक्काहरु मार्फत थापालाई शुभकामना दिदै गरेका थिए ।

देउडा गीतका केहि टुक्काहरु…..
बिचमा यसै छुट्नु पर्‍यो मनका जसो नभई
समाज सेवा गर्दाई रया आफ्ना देशमा गई

सफलताले शिखर चुमोस् छ शुभकामना
चेतन जिको यस्तै गरी चल्दै रउ नामना

हाँशी रनु खुशी रनु यस्ताई सदाई सदाई
मनमुटुमा ढुङो राखी भन्नु पर्‍यो बाई बाई

मान बहादुर के.सी. ‘मुस्कान’  युएई,

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts