किन जान्छन नेपाली युवाहरु परदेशमा ?? किन देख्दैनन संभावना नेपालमा ?? के सबै युवाहरु नेपालमा केही पनि प्रयास नगरी परदेश पस्छन त ??? यो सबै प्रश्नहरुको एउटै जवाफ बनेको छ गीत ‘खेर गयो परदेशमै जवानी’ । गायक रुद्र थापा ‘क्षितिज’ ले भर्खरै बजारमा ल्याएको गीत ‘खेर गयो परदेशमै जवानी’ बास्तबमै हरेक परदेशीहरुको यथार्थ भाबलाई बोकेको छ । स्वर र शब्द गायक ‘क्षितिज’ कै रहेको यो गीतमा बि. बि. अनुरागीले संगीत दिएका छन भने गीतको म्युजिक भिडियोमा निर्देशन गायक स्वयम ‘क्षितिज’ कै रहेको छ । पहिलो पटक अभिनयमा देखा परेका मोडल रिङ्कु ज्ञवाली लाई मेस्सी सिंह ठकुरीले अभिनयमा साथ दिएकी छिन भने अन्य धेरै कलाकारहरुको अभिनय रहेको छ । परदेशमै रहेका गायक ‘क्षितीज’ले यो गीत तयार गर्नलाई ४ बर्ष लागेको बताए । परदेशमै रहेर पनि करिब १ दर्जन गीतहरु बजारमा ल्याएका ‘क्षितिज’को ‘चोखो माया’ र ‘आउ आज बाचा गरि’ गीतले निकै चर्चा पाएका थिए ।
Tuesday, May 30, 2017
परदेशी र घरदेशीको बास्तविक कहानी खेर गयो परदेशमै जवानी
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment