Saturday, May 13, 2017

चीनको ‘वान बेल्ट वान रोड’ मा नेपाल सहभागी


चीनद्वारा अघि सारिएको ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालले हस्ताक्षर गरेको छ ।
परराष्ट्र सचिव शंकरदाश वैरागी र नेपालका लागि चिनियाँ राजदूत यू होड.ले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त अवसरमा उपप्रधान तथगा अर्थमन्त्री कृष्ण बहादुर महरा र परराष्ट्रमन्त्री प्रशाशरण महतको उपस्थिति रहेको थियो ।
अवधारणामा हस्ताक्षर पश्चात् आफ्नो राय दिँदै परराष्ट्रमन्त्री महतले उक्त समझदारी दुई देश बीचको सम्बन्धमा उल्लेख्य उपलब्धी भएको बताउँदै रोड र रेल मार्गको सम्बन्ध हाम्रा लागि अत्यन्तै महत्वपूर्ण हो र यसमा अन्तर्राष्ट्रिय लगानी होस् भन्ने चाहेको बताएका छन् । साथै उनले यस कदमले नेपाललाई लाभ हुने समेत विश्वास व्यक्त गरे ।

गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त ‘वान बेल्ट वान रोड’ अवधारणामा सहमति जनाउँदै हस्ताक्षर गर्ने निर्णय गरेको थियो ।

चिनियाँ राष्ट्रपति सि जिनपिड.ले सन् २०१३ मा अघि सारेको यस अवधारणामा आफ्नो चीन भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले हस्ताक्षर गर्ने बचन दिएका थिए । सोही अनुरुप वर्तमान सरकारको कार्यकालको अन्त्यतिर ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गर्ने निर्णय भएको हो ।

नेपालको दक्षिणी छिमेकी मुलुक भारतले हस्ताक्षर नगरेको उक्त अवधारणामा चीनले नेपालको समर्थनलाई निकै महत्वका साथ हेरेको थियो ।

नेपाल र चीनका बीच ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर भएसँगै चीनले नेपालमा सडक, रेल सञ्जाल लगायतमा आर्थिक सहायता उपलब्ध गराउनेछ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts