पहिलो चरणको स्थानीय निर्वाचन हुने दिन यही बैशाख ३१ गते आइतबार मनकामना केबलकार र चन्द्रागिरी केबलकार बन्द हुने भएका छन् ।
हिन्दू धर्मावलम्वीहरुको पवित्रस्थल मनकामना मन्दिरसम्म जाने मनकामना केबलकार स्थानीय निर्वाचनका दिन बैशाख ३१ गते र जेष्ठ १ गते केबलकार बन्द रहने छ भने जेष्ठ २ गते बाट सुचारु हुने मनकामना दर्शन प्रा.ली.ले जनाएको छ । त्यसैगरी चन्द्रागिरी हिल्सका अनुसार काठमाडौंमा रहेको चन्द्रागिरी केबलकार बैशाख ३१ गते एक दिन बन्द रहने जनाइएको छ ।
No comments:
Post a Comment