पूर्व पश्चिम राजमार्ग अन्तर्गतको बेलबारीमा शनिबार बिहान भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।
शनिबार बिहान बेलबारी ४ को बेतना सीमसार क्षेत्रमा बा २ ख ७१८५ नम्बरको ट्रिपरलाई ना ५ ख ८५०१ नम्बरको बसले ठक्कर दिंदा बसमा यात्रा गरिरहेका एक जना अन्दाजी ५० वर्षका नाम, ठेगाना नखुलेको एक जना पुरुषको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते ती पुरुषको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
सोही दुर्घटनामा परी अन्य १२ जना यात्रु घाइते भएका छन् । गम्भीर रुपमा घाइते भएका यात्रुहरुलाई थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ भने सामान्य अवस्थाका घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।
No comments:
Post a Comment