Saturday, May 13, 2017

मतदाता परिचय पत्रमा समस्या, सरकारी परिचयपत्रबाट समेत भोट हाल्न पाईने

स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले वितरण गरेको मतदाता परिचयपत्रमा प्राविधिक समस्या देखिपछि मतदाताको परिचय खुल्ने कुनै पनि सरकारी परिचय पत्रका आधारमा पनि मतदान गर्न दिने जनाएको छ ।
मतदाता परिचयपत्र र नामावलीमा नाम फरक परेको, फोटो फरक परेको तथा अन्य परिचयहरु समेत फरक परेको देखिएपछि आयोगले उक्त निर्णय गरेको हो । परिचय फरक परेकाहरुले मात्र उक्त सुविधान लिन सक्ने तर मतदाता परिचय पत्र सही भएकाहरुले भने सोही परिचय पत्रका आधारमा नै मतदान गर्नु पर्ने आयोगले जनाएको छ ।
आयोगले बैकल्पिक व्यवस्था गर्दै मतदातासँग यदि नागरिकता, राहदानी पासपोर्ट, सवारीचालक ईजाजतपत्र लाईसेन्स, जग्गाधनी प्रमाण पुर्जा, सामजिक सुरक्षा कार्ड जस्ता फोटो भएको परिचयपत्र छ भने त्यसको आधारमा पनि मतदिन पाउने भन्ने निर्णय गरेको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts