Monday, June 26, 2017

विद्यार्थीलाई खाजा खर्च जुटाउन क्याफे

काभ्रे, १२ असार । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित पनौती निमावि (भाषा पाठशाला) ले विद्यार्थीका लागि खाजा खर्च जुटाउन क्याफे सञ्चालनमा ल्याएको छ ।

विद्यार्थीका लागि खाजा खर्च जुटाउनु आवश्यक भएकाले गत महिनादेखि नमस्ते क्याफे नामबाट सञ्चालनमा ल्याइएको विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद ताम्राकारले बताउनुभयो ।

गत वर्षदेखि विद्यार्थीका लागि खाजा खर्च विभिन्न संस्थामार्फत जुटाउँदै आएको उहाँले बताउनुभयो । “क्याफेको नाफाबाट खाजा खर्च जुटाउँदै आएका छौँ”, प्रधानाध्यापक ताम्राकारले भन्नुभयो – “विद्यालयमा निम्न वर्गीय परिवारका विद्यार्थी पढ्ने भएकाले खाजा खर्च जुटाउनु आवश्यक थियो ।”

विद्यार्थीलाई खाजा खुवाउन उक्त विद्यालय पहिले अरु संस्थामाथि निर्भर रहनुपर्ने बाध्यता थियो भने क्याफेको सञ्चालनपछि त्यो समस्याबाट भने मुक्ति पाएको छ । उक्त क्याफेमा विशेष गरेर नेवारी खाजालाई प्राथमिकता दिइएको छ ।

उक्त क्याफेका लागि मित्रता फाउन्डेसनले पाँचजना कर्माचारीको समेत व्यवस्था गरिदिएको ताम्राकारले बताउनुभयो । त्यस्तै पनौतीको पर्यटन प्रवद्र्धनमा क्याफेले विशेष भूमिका खेल्नेसमेत उहाँले जानकारी दिनुभयो ।

उक्त पाठशाला विद्यालय विसं १९७२ सालमा स्थापना भएको थियो । हाल उक्त विद्यालयमा कक्षा १ देखि ८ सम्मका २३२ विद्यार्थी अध्ययन गरिरहेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts