Monday, June 26, 2017

बेपत्ता किशोर फेला परेनन्

चितवन, १२ असार । नारायणी नदीमा दुबेर बेपत्ता भएका किशोर अहिलेसम्म फेला पर्न सकेका छैनन् ।

भरतपुर महानगरपालिका–२६ का १८ वर्षीय विशाल गुरुङ आइतबार नारायणीमा नुहाउन जाँदा नदीले बगाएर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–१६ स्थित भँगेरी कटेजमा काम गर्ने गुरुङ नदीमा नुहाउने क्रममा बगेका थिए । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts