गुलरिया (बर्दिया), ८ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह आफूहरुले जनयुद्धको समयमा सञ्चालन गरेको जनसरकार र जनसत्ताको वैधानिक रुप भएको बताउनुभएको छ ।
माओवादी केन्द्रले बारबर्दिया नगरमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले कार्यपालिका, व्यवस्थापिका र केही न्यायिक अधिकारको प्रयोग गर्ने गरी सिंहदरबारको हैसियत बराबरको चुनाव स्थानीय तहमा भइरहेकाले संविधानतः जनसरकारको स्थापना भएको महसुस गर्नुस् र परिवर्तनलाई संस्थागत गर्नुस् भन्नुभयो ।
जनयुद्धको समयमा बर्दियाका जनताले गरेको त्याग, तपस्या र बलिदानीका निम्ति अभिनन्दन गर्दै अध्यक्ष दाहालले स्थानीय सरकारले बनाएको नीति, बजेट तथा कार्यक्रमबमोजिम केन्द्रबाट बढीभन्दा बढी बजेट र अनुदान उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस
No related posts.
No comments:
Post a Comment