Thursday, June 22, 2017

स्वस्थ्य प्रतिस्पर्धा गर्न आग्रह

विराटनगर, ८ असार । गृहमन्त्री जनार्दन शर्माले भयररहित वातावरणमा मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ ।

प्रदेश नं १ को क्षेत्रीय सुरक्षा गोष्ठीको समापनका अवसरमा यहाँ आज आयोजित पत्रकार भेटघाटमा उहाँले उम्मेदवारहरुलाई स्वस्थ्य प्रतिस्पर्धा गर्न र मतदाताको मन जित्न सुझाव दिनुभयो । उहाँले प्रदेश नं १ को सुरक्षा व्यवस्था चुस्त रहेको बताउँदै निर्वाचनका समयमा देखिएका चुनौतीमध्ये भौगोलिक विकटता, मौसमी प्रतिकूलता र अपराधिक गतिविधिलगायत विषयमा गोष्ठीमा छलफल गरी समाधानको उपायबारेमा ठोस सुझाव प्राप्त भएको जानकारी दिनुभयो ।

गोष्ठीमा प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाली सेनाका बलाधिकृतरथी बलदेवराज महत, निर्वाचन आयुक्त नरेन्द्रराज दाहाल, मुख्य अनुसन्धान निर्देशक दिलेन्द्रराज रेग्मी र पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह तथा प्रदेश नं १ का १४ जिल्लाका प्रजिअ, प्रहरी प्रमुखलगायत सुरक्षा निकायका पदाधिकारीको सहभागिता थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts