Thursday, June 29, 2017

दाङमा काँग्रेसले खाता खोल्यो

तुलसीपुर (दाङ), १५ असार । दाङको बङ्गला चुली गाउँपालिका– १ मा वडा अध्यक्षसहित काँग्रेसको समूह विजयी भएको छ ।

अध्यक्षमा काँग्रेसका पदम केसीले तीन सय ५४ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी (माओवादी केन्द्र)का सन्तराम भण्डारीले २५४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी महिला सदस्यमा देवा पौडेल, दलित महिला सदस्यमा राधिका नेपाली र सदस्यमा चन्द्रकुमार धर्ती र माधिका कँवर विजयी हुनुभएको छ । सो वडामा ९४३ मत खसेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts