Thursday, June 29, 2017

काँग्रेसको प्यानल विजयी

डोटी, १५ असार । शिखर नगरपालिका– १ मा वडाध्यक्षसहित काँग्रेसको प्यानलै विजयी भएको छ ।

वडाध्यक्षमा काँग्रेसका खड्कबहादुर शाही ६३३ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेत्रबहादुर शाहीले ४०३ ल्याउनुभयो । वडा सदस्यहरु पनि काँग्रेसबाट विजयी हुनुभएको छ ।

सो वडामा एक हजार ४०५ मत खसेको थियो । नगरपालिकामा प्रमुखमा काँग्रेसका सीताराम जोशीले ६१९ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखमा काँग्रेसकी धौलीदेवी रावलले ६३६ मत प्राप्त गर्नुभएको छ ।

एमालेबाट प्रमुखमा शेरबहादुर मल्लले ४५१ र उपप्रमुखमा राधिका बोहराले ४०६ मत प्राप्त गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts