Thursday, June 29, 2017

दरबार– १ मा एमाले र ७ मा काँग्रेस विजयी

तम्घास (गुल्मी), १५ असार । जिल्लाको दरवार गाउँपालिका– १ मा नेकपा (एमाले)को पुरै समूह विजयी भएको छ ।

वडाध्यक्षमा रामबहादुर पल्लीले ७६६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रेम पुनले ६५८ मत प्राप्त गर्नुभयो ।

यस्तै दरवार गाउँपालिका– ७ मा नेपाली काँग्रेसको पुरै समूह विजयी भएको छ । वडाध्यक्षमा टोपबहादुर बस्नेत ८३० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका खुमलाल अर्यालले ४४४ मत प्राप्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts