Friday, June 2, 2017

विश्वको उत्कृष्ट महानगरपालिका बनाउन आग्रह

काठमाडौँ, १९ जेठ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले काठमाडौँ महानगरपालिकालाई विश्वको उत्कृष्ट महानगरपालिका बनाउनका लागि सक्रिय रुपमा लाग्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

स्थानीय तह कर्मचारी सङ्घ नेपाल एकाइ, नेपाल सफाइ कर्मचारी युनियन, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ कामपाले यहाँ आज आयोजना गरेको जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा नेता खनालले फरक फरक पार्टीबाट जनप्रतिनिधि चुनिए पनि महानगरको हक र हितको काम गर्दा कुनै किसिमको पार्टीगत सम्झौता गर्न नहुनेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्री खनालले पाँचवर्षीय कार्यकालमा महानगरलाई कस्तो बनाउने योजनाका साथ काम सुरु गर्न सुझाव दिनुभयो ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरमा एकल युनियन आवश्यक रहेको औँल्याउँदै आवश्यकता रहेका स्थानमा वडा कार्यालयको व्यवस्था गर्नका लागि कर्मचारीलाई निर्देशन दिनुभयो । कामपा उपप्रमुख हरिप्रभा खड्गीले सडक फराकिलो बनाउँदैमा ट्राफिक जामको समस्या समाधान नहुने हुनाले अन्य विकल्प खोज्नुपर्नेमा जोड दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts