काठमाडौँ, १९ जेठ । चूडामणि गौतमद्वारा लिखित ‘वर्णविन्यासघाती कानुनको कठघरामा’ नामक पुस्तक आज सार्वजनिक भएको छ ।
नेपाल कानुन व्यवसायी भाषा–साहित्य प्रतिष्ठानद्वारा यहाँ आज आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्ता सर्वज्ञरत्न तुलाधर, अधिवक्ता प्रेमबहादुर खड्का, पूर्वन्यायाधीश कमलनारायण दासलगायतले कृति संयुक्त रुपमा सार्वजनिक गर्नुभयो । उक्त पुस्तकमा वर्णविन्यास, शब्दकोश, नेपाली भाषा, नेपाली भाषामाथि आक्रमणलगायत विषयमा १३ शीर्षकमा विभिन्न लेखकका लेख समावेश छन् ।
सो अवसरमा लेखक गौतमले नेपाली लेखनमा सुधार गर्ने नाममा विकृति फैलाउन नहुने बताउनुभयो । भाषाविद् शरच्चन्द्र बस्तीले पुस्तकमा वर्णविन्यासलाई घात गर्नेलाई कसरी कठघरामा उभ्याइएको छ भन्नेबारेमा स्पष्ट पारिएको बताउनुभयो । कार्यक्रममा न्यायिक क्षेत्रमा योगदान पु¥याएबापत वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘निर्झर दिलचेत कीर्तिगौरव’ र साहित्यकार वियोगी बुढाथोकीलाई नेपाली साहित्य क्षेत्रमा योगदान पु¥याएबापत ‘निर्झर दिलचेत काव्य’बाट सम्मान गरियो । रासस
No comments:
Post a Comment