Saturday, June 3, 2017

पत्रकार उपचार कोषलाई रु एकलाख

सुरुङ्गा (झापा) २० जेठ । झापाका एक समाजसेवीले पत्रकार सहारा उपचार कोषका लागि आज रु एक लाख एक हजार १११ प्रदान गरेका छन् ।

अर्जुनधारा नगरपालिका–११ बुट्टाबारी निवासी ९३ वर्षीय मानबहादुर गिरी तथा छोराबुहारी कृष्णकुमार र शान्तिकुमारी (मधु)ले नेपाल पत्रकार महासङ्घ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि उक्त रकम सहयोग गर्नुभएको हो ।

गिरी परिवारले सो सहयोग रकम पत्रकार महासङ्घ, झापाका अध्यक्ष तारामणि सापकोटा र महासङ्घका उपाध्यक्ष एवम् उपचार कोषका संयोजक एकराज गिरीलाई हस्तान्तरण ग¥यो ।

पत्रकार महासङ्घ झापाले रु एक करोडको कोष स्थापना गर्ने लक्ष्यका साथ अघि बढाएको उपचार कोषमा हालसम्म रु १५ लाखभन्दा बढी जुटिसकेको महासङ्घका सहसचिव तथा कोषका सदस्य सचिव केशव भट्टराईले जानकारी दिनुभयो ।

भोजपुरको दिल्पा नाम्दालुङमा जन्मनुभएका मानबहादुरले सामाजिक तथा धार्मिक क्षेत्रमा उल्लेख्य सेवा र सहयोग गर्दै आउनुभएको छ ।

उहाँले यसअघि दशनामी समाज, झापाको भवन निर्माणका लागि बुट्टाबारीमा चारकट्ठा जग्गा दानसमेत गर्नुभएको छ ।

गिरीले विराट–भरत विश्रान्ति वृद्धाश्रमका लागिसमेत रु १० लाखको गाडी विश्रान्तिका अध्यक्ष हर्कलाल गिरीलाई हस्तान्तरण गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts