फलेवास (पर्वत), २० जेठ । कुस्मा नगरपालिका– ११ दोबिल्लामा जिप दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।
कार्किनेटाबाट कुस्मातर्फ आउँदै गरेको ध१ज ३३३ नंको जिप आज दोबिल्ला पुलमा दुर्घटना भएको हो । दुर्घटनामा परी कुस्मा नगरपालिका– ७ का २७ वर्षीय हरि शर्मा कँडेल र ३५ वर्षीय कृष्ण शर्मा, कुस्मा– ११ का ४९ वर्षीय भीमप्रसाद शर्मा, मोदी गाउँपालिका–७ का ५५ वर्षीय ख्यामलाल पौडेल र फलेवास नगरपालिकाका अमृत रिजाल घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल, पोखरा लगिएको छ । ब्रेक फेल भएर जिप पुलमा ठोक्किएको थियो । रासस
No related posts.
No comments:
Post a Comment