Saturday, June 3, 2017

करेन्ट लागेर महिलाको मृत्यु

सुरुङ्गा (झापा), २१ जेठ । झापाको भद्रपुर नगरपालिका–२ मा धोएको कपडा सुकाउने क्रममा करेन्ट लाग्दा एक महिलाको शनिबार राति मृत्यु भएको छ ।

मृत्यु हुनेमा विशालपुर २२ नं टोल निवासी ४७ वर्षीया कुसुम राई रहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । प्रहरीका अनुसार लुगा सुकाउँदा बिजुलीको तारमा छोएकाले उनलाई करेन्ट लागेको र उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
शव आज मेची अञ्चल अस्पताल भद्रपुरमा परीक्षण गरिने प्रहरी चौकी पृथ्वीनगरले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts