Thursday, June 29, 2017

काँग्रेसको विजयी सुरुआत

डोटी, १५ असार । केआइसिंह गाउँपालिका–१ मा वडाध्यक्षसहित काँग्रेसको पूरै समूह विजयी भएको छ ।

वडाध्यक्षमा काँग्रेसका कृष्णबहादुर बम ३२४ र उहाँका निकटतम प्रतिद्वन्द्वी डबल तिरुवाले १५७ मत प्राप्त गर्नुभएको छ । दलित महिला सदस्यमा सरु भुल ३२४, महिला सदस्यमा गीता शाही ३२१, खुला सदस्यमा देव कामी ३१७ र भक्त रावल ३१४ मत प्राप्त गरी विजयी हुनुभएको छ । सो वडामा ८२४ मत खसेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts