काठमाडौँ, १५ असार । गोकर्णेश्वर नगरपालिका–१ स्थित ‘ओम गाई फार्म’ मा विद्युत् चुहिई मरेका गाईको आत्माको शान्तिका लागि श्रीमद्भागवत लगाइएको छ ।
विश्व हिन्दू महासङ्घ, राष्ट्रिय धर्मसभा नेपाल, नेपाल पुरोहित सङ्घ, ‘ॐकार वाणी’ धार्मिक पत्रिकाले संयुक्त रुपमा बुधबार आयोजना गरेको उक्त कार्यक्रममा शास्त्रीय विधि अनुसार शान्ति पाठ गरिएको थियो । उक्त स्थानमा ५४ ब्राह्मणले दक्षिणबिना वेद पाठ गर्नुभएको छ । वैदिक परम्परामा गाईलाई लक्ष्मी तथा माताका रुपमा सम्मान गरिन्छ ।
सो अवसरमा.बाल्मिकि क्याम्पसका धर्मशास्त्र विभाग प्रमुख देवमणि भट्टराईले पूजाका लागि आवश्यक वैदिक विधि तथा परम्पराबारे निर्देशन दिनुभएको थियो । धर्मसभा नेपालका सचिव अरुणकुमार पाण्डेले दुर्घटनामा गाई मर्नु तथा मठमन्दिर भत्किनु अनिष्टको सङ्केत भएको बताउँदै मुलुकमा कुनै पनि नराम्रा घटना नहोस् र दुर्घटनामा परेका गाईले शान्ति पाऊन् भनेर सो पूजा गरिएको जानकारी दिनुभयो । यही असार ३ गते उक्त फार्ममा ५१ गाई मरेका थिए । रासस
Thursday, June 29, 2017
गाईको शान्तिका लागि श्रीमद्भागवत
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment