बैतडी, ८ असार । यहाँका डिलाशैनी गाउँपालिका र पुरचौडी नगरपालिकामा एउटै पदका लागि बाबु, छोरा र सहोदर दाजुभाइले उम्मेदवारी दर्ता गराएका छन् ।
डिलाशैनी गाउँपालिकामा कर्णबहादुर रानाले नेपाली काँग्रेसबाट र लोकेन्द्रबहादुर राना (शीतलले) नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । नाताले कर्ण दाजु र लोकेन्द्र भाइ पर्छन् ।
नाताले दाजुभाइ परे पनि राजनीतिक विचार फरक भएकाले आफूले उम्मेदवारी दर्ता गराएको कर्णबहादुर रानाले बताउनुभयो । दुवै भाइले एकै पदका लागि उम्मेदवारी दर्ता गराएपछि परिवारका सदस्यलाई भोट हाल्नका लागि समस्या भएको छ ।
त्यस्तै पुरचौडी नगरपालिका वडा नं ७ का वडाध्यक्ष पदका लागि बाबु र छोराले पनि अलगअलग पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेबाट नागी साउद (बाबु) र नेकपा माओवादी केन्द्रबाट उज्ज्वल साउद (छोरा)ले उम्मेदवारी दर्ता गराएका हुन् । आफूहरुको अलग अलग राजनीतिक विचार भएकाले आ–आफ्नै पार्टीबाट उम्मेदवारी दर्ता गराएको नागी साउदले बताउनुभयो ।
बाबु र छोरा एउटै पदमा प्रतिस्पर्धा गर्ने भएपछि परिवारका अन्य सदस्यलाई कसलाई भोट दिइने भन्ने समस्या भएको छ । रासस
No related posts.
No comments:
Post a Comment