Saturday, June 3, 2017

मादी नदीमा डुबेर बालक बेपत्ता

दमौली, २० जेठ । तनहुँको व्यास नगरपालिका वडा नं १० बोटेगाउँ नजिकै मादी नदीमा पौडी खेल्न गएका एक बालक शनिबार अपराह्न डुबेर बेपत्ता भएका छन् ।

डुबेर बेपत्ता हुनेमा १२ वर्षीय सागर परियार रहेको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । दुईजना साथीसँग पौडी खेल्न गएका ती बालक नदीमा डुबेर बेपत्ता भएका हुन् । अर्का एक बालकलाई भुमरीमा घुमाइरहेका बेला पवित्रा बोटेले उद्धार गर्नुभएको थियो ।

दुई सयभन्दा बढी स्थानीय बासिन्दा र प्रहरीले बेपत्ता ती बालकको खोजी गरिरहेको व्यास नपा वडा नं १० का वडाध्यक्ष तुलसीराम सापकोटाले बताउनुभयो । सागर चण्डीदेवी राष्ट्रिय मावि, कुमालटारीमा कक्षा ६ मा पढ्ने विद्यार्थी हुन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts