दाङ, ३१ असार । दाङको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा बन्न लागेको नयाँ भवनको शिलान्यास गरिएको छ । पचास शैय्याको सो भवनको उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आज शिलान्यास गर्नुभएको हो ।
रु १६ करोड २२ लाख ९४ हजार ८४२ को लागतमा दुई वर्षभित्र भवन निर्माण गर्ने गरी सम्झौता गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष शंकरसिंह थापाको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री महराले उपक्षेत्रीय अस्पताललाई नमूनायोग्य बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उपक्षेत्रीय अस्पतालको स्तर वृद्धि गरी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने प्रक्रिया जारी नै रहेको उहाँको भनाइ छ । अस्पताललाई प्रदेशको नमूना अस्पतालसँगै गुणस्तरीय बनाउन प्याकेजका कार्यक्रममा सरकारले सहयोग गर्दै स्थानीय तहको बजेटलाई समेत प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैबीच स्वास्थ्य सचिव डा किरण रेग्मीले आधारभूत स्वास्थ्य सेवाका लागि बजेट व्यवस्थापन, अनुगमन, जनशक्ति र औषधिका लागि समस्या आउन नदिने बताउनुभयो ।
डा रेग्मीले उपक्षेत्रीय अस्पतालले आजदेखि सुरु गरेको मिर्गौलाको डाइलाइसिस सेवाको उद्घाटन गर्दै सरकारले मिर्गौलामा खराबी भएकाहरुको उपचारका लागि निःशुल्क उपचारलाई थप निरन्तरता दिने उहाँको भनाइ छ । रासस
No related posts.
No comments:
Post a Comment