काठमाडौँ, २० असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले बाढीपहिरोबाट देशका विभिन्न भागमा जनधनको क्षति भइरहेकाले यसको रोकथामका लागि दीर्घकालीन उपाय अवलम्बन गर्न ध्यानाकर्षण गराउनुभएको छ ।
वर्षा र भूमण्डलीय तापमानका कारण सप्तरी, सिन्धुपाल्चोक, धादिङ, कास्कीलगायतका जिल्लामा बढीपहिरो, भारतीय बाँध, अतिवृष्टि, खण्डवृष्टिका कारण स्थानीयवासी प्रभावित हुनु परेकाले व्यवस्थित बस्ती प्रणाली स्थापना गरी पीडितलाई उचित क्षतिपूर्ति दिन उहाँहरुले माग गर्नुभयो ।
सांसदहरुले तराईका सीमावर्ती क्षेत्रमा भारतीय बाँध थुनिँदा नेपाली भूभाग जलमग्न भएकाले यस सम्बन्धमा नेपाल सरकारले कूटनीतिक पहलबाट भारत सरकारसँग संवाद गर्नुपर्नेमा जोड दिनुभयो ।
यसरी ध्यानाकर्षण गराउनेहरुमा नेपाली काँग्रेसका मोहनबहादुर बस्नेत, तेजुलाल चौधरी, नेकपा (एमाले)का कृष्णभक्त पोखरेल, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र सांसद डिलबहादुर नेपाली हुनुहुन्छ । रासस
No comments:
Post a Comment