धनगढी,२० असार । कैलालीको भजनी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का प्रत्यासी विजयी हुनुभएको छ ।
माओवादी केन्द्रका प्रमुखका प्रत्यासी शेरबहादुर चौधरी पाँच हजार २२८ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत पुरुषोत्तम शर्माले बताउनुभयो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका केबल चौधरीले पाँच हजार २५ मत प्राप्त गर्नुभयो । यसैगरी उपप्रमुखमा माओवादी केन्द्रकै छाँयादेवी देवकोटाले पाँच हजार आठ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक फोरमकै धनबासी डगौराले चार हजार ३७८ मत प्राप्त गर्नुभयो ।
नगरपालिकाको वडा अध्यक्षमा वडा नं १ र ५ मा एमाले, २, ४, ८, ९ मा माओवादी केन्द्र, ७ मा कांग्रेस, ३ र ६ मा फोरम लोकतान्त्रिकका प्रत्यासी विजयी हुनुभएको छ ।
यसैगरी कैलारी गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का लाजुराम चौधरी छ हजार २०४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजसमझ चौधरीले पाँच हजार ८८६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रेवतीरमण पोख्रेलले बताउनुभयो ।
उपाध्यक्षमा पनि माओवादी केन्द्रकै लक्ष्मी सतगौवा छ हजार ६४मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै अनिता चौधरीले पाँच हजार ४०७ मत प्राप्त गर्नुभएको छ । कैलालीका १३ स्थानीय तहमध्ये आज दिउँसोसम्म भजनी नगरपालिका र कैलारी गापासहित १० तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।
धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका र लम्की चुहानगरपालिकाको मत गणना जारी छ । रासस
Tuesday, July 4, 2017
भजनी र कैलारीमा माओवादी केन्द्र विजयी
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment