Wednesday, July 5, 2017

यातायात कार्यालयका कर्मचारीमाथि दुव्र्यवहार

धनुषा, २१ असार । यातायात व्यवस्था कार्यालय जनकपुरका एक कर्मचारीमाथि दुव्र्यवहार भएको छ ।

अपरिचित युवाको एक समूहले कार्यालयमा काम गरिरहेका नासु जीवनकुमार बस्नेतमाथि कालो मसी छ्यापेर दुव्र्यवहार गरी भागेको हो ।

यातायात व्यवस्था कार्यालय बस्दै आएको अहिलेको ठाउँ साँघुरो भएकाले जनकपुरस्थित मुजेलियामा सारिने भएपछि त्यहाँ काम गर्ने दलालहरुले त्यस्तो नकाम गरेको कार्यालयले जनाएको छ ।

केही व्यक्तिले निजी स्वार्थका कारण सुनियोजित रुपमा कर्मचारीमाथि कालो मसी छ्यापेर घटना गराएको कार्यालयका निमित्त प्रमुख बालकृष्ण हुमागाईंले जानकारी दिनुभयो ।

ठाउँ अभावका कारण आगामी साउन १ गतेदेखि जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा कार्यालय सार्ने तयारी गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts